चोको–एसईबी’ ब्याट्री स्वाप नेटवर्कलाई तीव्र रूपमा विस्तार गर्दै चीनभर सञ्चालनमा रहेका स्टेशनको संख्या २ हजार पुर्याए
barnanmedia.com · Fri Jul 03 16:12:38 GMT 2026

चीनको अग्रणी ब्याट्री निर्माता क्याटलले आफ्नो ‘चोको–एसईबी’ ब्याट्री स्वाप नेटवर्कलाई तीव्र रूपमा विस्तार गर्दै चीनभर सञ्चालनमा रहेका स्टेशनको संख्या २ हजार पुर्याएको छ । विद्युतीय सवारीसाधन प्रयोगकर्तालाई छिटो र सहज ऊर्जा सेवा उपलब्ध गराउने उद्देश्यसहित कम्पनीले स्वाप पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको हो ।
कम्पनीका अनुसार जुन ३० सम्म चीनका ३१ प्रान्त र १८० सहरमा २ हजार ब्याट्री स्वाप स्टेशन सञ्चालनमा आइसकेका छन् । यससँगै चीनका साना तथा मध्यम आकारका सहरमध्ये ८० प्रतिशतभन्दा बढी क्षेत्रमा यसको सेवा पहुँच विस्तार भएको दाबी गरिएको छ ।
Read full story at source (barnanmedia.com)