‘अर्थमन्त्रीले अपराध गरेको रोष्ट्रमबाट स्वीकार्नुभयो’
onlinekhabar.com · Fri Jun 12 06:34:40 GMT 2026

जेठ १७ गते सम्माननीय प्रधानमन्त्रीले राष्ट्रिय स्वाधीनता, सीमा रक्षा र भौगोलिक अखण्डतासँग सम्बन्धित विषयमा व्यक्त गर्नुभएको विचारबारे हामीले पटक–पटक यो सम्मानित संसद्मा विषय राखिसकेका छौँ। परराष्ट्रमन्त्रीले स्पष्टीकरण दिन कोसिस गर्नुभयो, तैपनि त्यो पर्याप्त छैन। प्रधानमन्त्रीले नै त्यसबारे जवाफ दिनुपर्छ र त्यो विषय संसद्को अभिलेखबाट हट्नुपर्छ भन्ने कुरा हामीले राख्दै आएका छौँ। यसमा सभामुखको रुलिङ होस् भनी म माग राख्न चाहन्छु।
यसभन्दा पनि जटिल र थप गम्भीर विषय आइलागेको छ। हामीले हाम्रो दलका तर्फबाट अर्थमन्त्रीलाई ‘शङ्काको लाभ’ दिएकै थियौँ। हामीले यहाँ संसद्मा विभिन्न समयमा, शून्य समय, विशेष समयमा केही कुराहरू उठाइराखेका थियौँ। तर हिजै मात्रै सार्वजनिक लेखा समिति र आर्थिक विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा अर्थमन्त्रीले जसरी जवाफ दिनुभयो, त्यसले सार्वभौम जनप्रतिनिधि संस्था- संसद्को अवमूल्यन भएको छ, समितिको अवमूल्यन भएको छ। धाकधम्की प्रयोग गर्ने, धम्काउने कोसिस भएको छ। यसमा हाम्रो गम्भीर आपत्ति छ।
Read full story at source (onlinekhabar.com)