मामालाई फोन गर्दै सञ्जय साहले भने- म आर्मी क्याम्पमा छु, बाबालाई भनिदिनू
annapurnapost.com · Fri Sep 04 05:54:36 GMT 2026

काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका सञ्जय साहले आफू आर्मी क्याम्पमा रहेको परिवारका सदस्यलाई जानकारी गराएका छन्।
उद्धारपछि साहले आफ्ना मामालाई फोन गर्दै आफू आर्मी क्याम्पमा सुरक्षित रहेको जानकारी गराएका हुन्। फोनमा उनले बुवालाई सञ्जीवलाई फोन गर्न भनिदिनसमेत आग्रह गरेका छन्। साहले आर्मी क्याम्पमा रहेको जानकारी दिएपछि परिवारका सदस्यले उनको अवस्थाबारे थप जानकारी पाएका हुन्।
Read full story at source (annapurnapost.com)