प्रधानमन्त्री कार्यालयले भन्यो- उद्धार गरिएका दुवैको उपचार छाउनीमा
onlinekhabar.com · Fri Sep 04 06:13:41 GMT 2026

१९ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेर उद्धार गरिएका दुई जनामध्ये एक जनाको अवस्था जटिल रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री कार्यालयले दिएको जानकारीअनुसार, सुरुङबाट दोस्रो पटक उद्धार गरिएका कविर महर्जनको अवस्था जटिल रहेको हो। उनलाई तत्कालै काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याएर सघन उपचार (आईसीयू) जारी राखिएको छ।
Read full story at source (onlinekhabar.com)