पीडितको अनुभूति, राज्य मसँगै उभियोस्
annapurnapost.com · Fri Sep 04 06:16:29 GMT 2026

भदौ १० गतेको बाढीपछि म साथीहरूलाई लिएर त्रिशूलीको किनारमा रहेको त्रिशूली बजार पुगेको थिएँ। त्यहाँ पुगेपछि देखिएको अवस्था निकै भयावह थियो। त्यत्रो ठूलो बाढी आएको भन्ने जानकारी हुँदाहुँदै पनि त्रिशूली बजारमा भएको क्षति आफ्नै आँखाले देख्दा एउटा प्रश्न मनमा आयो– यसभन्दा माथि रसुवा जिल्लाको नेपाल–चीन सीमा केरुङ नाकादेखि तलको अवस्था कस्तो होला ? त्यहाँ कति ठूलो क्षति भयो होला ?
त्यसपछि हामी रसुवाका एकजना साथीसँग समन्वय गरेर वैकल्पिक मार्गबाट जसरी हुन्छ त्यहाँ पुगौं भन्ने सोचले भोलिपल्ट काठमाडौंबाट निस्कियौं। तर, बाटोमै हामीसँगै जानुभएको साथीको भेना बाढीमा पर्नुभएको र उहाँलाई उद्धार गरेर हेलिकप्टरबाट ल्याइएको खबर सुनेपछि हामी फेरि फर्किनुपर्यो।
Read full story at source (annapurnapost.com)