‘सुरुङबाट जीवितै उद्धार भएकाहरू एक्कासि रोए, केही बोलेनन्’
ratopati.com · Fri Sep 04 06:29:36 GMT 2026

रसुवा । त्रिशूली थ्री ए को सुरुङबाट उद्धार गरिएका व्यक्तिहरू सुरुमा भक्कानिएका छन् । शुक्रबार नेपाली सेना र प्रहरीले त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट कबिर महर्जन र सञ्जय शाहलाई जीवितै उद्धार गर्न सफल भएको हो । उद्धारमा संलग्न नेपाली सेनाका सेनानी गङ्गा बरालले सुरुमा उनीहरू नबोलेको बताए ।
उनले भने, ‘उद्धार भएकाहरू सुरुमा बोलेनन् एक्कासि रोए ।’ साथै उनले सबै निकायको राम्रो कोअर्डिनेसनबाट उद्धार गर्न सफल भएको बताए । बरालले एनइएको डाटाअनुसार सुरुङको होल एरियामा ४० देखि ५० जना रहेको आफूहरूलाई जानकारी भएको बताए ।
Read full story at source (ratopati.com)