नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’मा एनआइबिएल इक्विटी पार्टनर्सको लगानी
nepalviews.com · Fri Sep 04 06:31:50 GMT 2026

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको सहायक कम्पनी एनआइएमबि एस क्यापिटल लिमिटेडद्वारा व्यवस्थित एनआइबिएल इक्विटी पार्टनर्सले नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’मा लगानी गर्ने भएको छ।
इक्विटी पार्टनर्स र इन्सेसन्ट रेन स्टुडियोजले विश्वव्यापी दर्शकलाई लक्षित गरी नेपालमै निर्माण भइरहेको मौलिक चलचित्रमा लगानीका लागि सम्झौता गरेका हुन्। प्रस्तावित कारोबार सम्झौताअन्तर्गत एनआइबिएल इक्विटी पार्टनर्सले इन्सेसन्ट रेन स्टुडियोजसँग चलचित्र निर्माणका लागि १० करोड रुपैयाँसम्म लगानी गर्ने योजना बनाएको छ।
Read full story at source (nepalviews.com)