शिक्षकको गोली हानेर हत्या
annapurnapost.com · Fri Sep 04 06:27:53 GMT 2026

खाँदबारी : सङ्खुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एकजना शिक्षकको हत्या भएको छ । कालिका आधारभूत विद्यालयका शिक्षक ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली हानेर हत्या भएको हो।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीका अनुसार शिक्षक राईको देब्रे कोखमा भरुवा बन्दुकको गोली प्रहार गरी हत्या भएको हो । प्रहरी नायव उपरीक्षक मैनालीका अनुसार शिक्षक राईको बिहीबार राति ७ बजे गोली प्रहारबाट हत्या भएको हो ।
Read full story at source (annapurnapost.com)