सञ्जयको उद्धारपछि हर्षित परिवारजनको कामना- अरू पनि सकुशल भेटिउन्
onlinekhabar.com · Fri Sep 04 06:32:25 GMT 2026

१९ भदौ, जनकपुरधाम । रसुवाको बाढीपछि सम्पर्कविहीन भएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का ३१ वर्षीय सञ्जयकुमार साह नौ दिनपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र आज दशौं दिन सकुशल भेटिए । उनी भेटिँदा आशा गुमाउँदै गएको परिवारमा खुसी छाएको छ । दश दिनदेखि उनको परिवारमा चलिरहेको रुवाबासी रोकिएको छ ।
गत भदौ १० गते आएको बाढीपछि सम्पर्कविहीन भएका साह त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत नेपाल विद्युत् प्राधिकरणका चौथो तहका कर्मचारी हुन् । सुरुङभित्र रहेका साहलाई नेपाली सेनासहितको उद्धार टोलीले जीवितै उद्धार गरेको हो ।
Read full story at source (onlinekhabar.com)