अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा भारत र अर्जेन्टिनाको नाटक, रङ्गमञ्च समीक्षामा अन्तरक्रिया
nepalpress.com · Fri Dec 02 03:56:27 GMT 2022
काठमाडौं । ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ भइरहेको नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) अन्त्यतिर आइपुगेको छ । नौ दिवसीय महोत्सवको आठौं दिन शुक्रबार भारत र अर्जेन्टिनाको नाटक तथा विविध कार्यक्रम हुँदैछ ।
शुक्रबार राजेश सिंह निर्देशित भारतको नाटक ‘ब्ल्याकबोर्ड ल्याण्ड’ मञ्चन हुँदैछ । ९० मिनेट लामो नाटक युद्धको समयमा कुनै एकान्त ठाँउमा भेटिएका तीन व्यक्तिहरुको वरिपरि घुम्दछ । कथा अगाडि बढ्दै जाँदा, उनीहरुबीचको मतभेद र भिन्नताहरुले द्वन्द निम्त्याउँछ, फलस्वरुप उनीहरु शारीरिक हिंसामा उत्रन्छन् । ‘ब्ल्याकबोर्ड ल्याण्ड’ मध्यान्ह १२ बजे र दिउँसो ४ बजे मञ्चन हुँदैछ ।
Read full story at source (nepalpress.com)