डिलमा बसेर जात्रा हेर्दाहेर्दै पोखरीमा खसेका पुरुषको मृत्यु
ratopati.com · Sun Apr 14 17:15:00 UTC 2024

भक्तपुर । मध्यपुरथिमि नगरपालिका‐५ दुईपोखरीका ५० वर्षीय तुइलाल श्रेष्ठको आज पोखरीमा डुबेर मृत्यु भएको छ ।
सिन्दूर जात्रा हेर्न पोखरीको डिलमा बसेका श्रेष्ठ डिलबाट पोखरीमा खसेर डुबेलगत्तै स्थानीयले उद्धार गरी नेपाल कोरिया मैत्री अस्पताल थिमिमा उपचारका लागि लगेकामा अस्पतालले मृत्यु भइसकेको जानकारी गराएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।
Read full story at source (ratopati.com)