म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा
gorkhapatraonline.com · Tue Apr 23 17:27:13 UTC 2024

म्यान्मा, वैशाख ११ गते । जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा गरेको म्यान्माको सीमाक्षेत्रमा रहेको महत्वपूर्ण शहर म्यावाडीमा सेना पुनः फर्किएको सैनिक स्रोतहरूले मङ्गलबार एएफपीलाई जानकारी दिएका छन् ।
करेन नेसनल युनियन (केएनयू) र ‘पिपुल्स डिफेन्स फोर्स’ का लडाकुहरूले गत अप्रिल १० मा म्यावाडीको आकर्षक व्यापारिक केन्द्र म्यावाडीमा रहेका करिब २०० सैनिकलाई त्यहाँबाट पछि हट्न बाध्य बनाएका थिए ।
Read full story at source (gorkhapatraonline.com)