लमही पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
gorkhapatraonline.com · Tue May 19 12:40:16 GMT 2026

लमही नगरपालिकालाई ‘पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका’ घोषणा गरिएको छ । पाँच वर्ष मुनिका बालबालिकालाई नियमित खोप सेवाको पहुँचमा पुर्याउने, खोप छुटेका बालबालिकाको पहिचान गरी पूर्णखोप सुनिश्चित गर्ने तथा खोप कार्यक्रमलाई दिगो बनाउने उद्देश्यले नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।
नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै समुदायस्तरमा नियमित खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गरेपछि आवश्यक सूचकहरू पूरा भएको आधारमा पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ ।
Read full story at source (gorkhapatraonline.com)