लक्ष्मी हुन्डाईलाई भारत, मध्यपूर्व र अफ्रिका क्षेत्रमा उत्कृष्ट सेवाका लागि आईएमईए सेवा प्रदर्शन पुरस्कार प्रदान गरियो
ajakoartha.com · Fri Jun 12 08:49:00 GMT 2026

काठमाडौं- लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले हुन्डाई मोटर कम्पनीबाट प्रतिष्ठित “इन्डिया, मिडल इस्ट एन्ड अफ्रिका (IMEA) सर्भिस पर्फर्मेन्स अवार्ड” प्राप्त गरेको छ । गाडी बिक्रीपछिको उत्कृष्ट मर्मत–सम्भार (आफ्टर–सेल्स सर्भिस) र उच्च ग्राहक सन्तुष्टिका लागि कम्पनीलाई यो सम्मान दिइएको हो, जसले गाडी बिक्रीभन्दा बढी ग्राहकको अनुभवलाई महत्व दिने हुन्डाईको बुझाइलाई प्रस्ट पार्छ ।
धेरैजसो अटोमोबाइल ब्रान्डहरूले बिक्री र शोरुममा मात्र ध्यान दिँदा लक्ष्मी हुन्डाईले भने बिक्रीपछिको सेवालाई आफ्नो मुख्य शक्तिको रूपमा विकास गरेको छ । ग्राहकलाई गाडी चढुन्जेल भरपर्दो सहयोग मिलोस् भन्ने उद्देश्यले कम्पनीले लगातार आफ्ना सेवा केन्द्रहरूको सञ्जाल बढाउन, कर्मचारीहरूको क्षमता सुधार्न र भौतिक पूर्वाधार आधुनिक बनाउन लगानी गरिरहेको छ ।
Read full story at source (ajakoartha.com)