सरकारले पहिलो पटक ऊर्जा व्यापार उदारीकरणको नीति लिएको छ : मन्त्री श्रेष्ठ
annapurnapost.com · Fri Jun 12 08:45:17 GMT 2026

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पहिलो पटक ऊर्जा व्यापार उदारीकरणको नीति लिएको बताएका छन् । शुक्रबार काठमाडौंमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) लाई २४औं वार्षिक साधारणसभा उद्घाटन गर्दै मन्त्री श्रेष्ठले निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न दिइने गरिने पहिलो पटक ऊर्जा व्यापार उदारीकरणको नीति लिइएको बताएका हुन् ।
निजी लगानीमै प्रसारण लाइन निर्माण गरी ‘डिलिङ चार्ज’ लिएर विद्युत व्यापार गर्न कानुनी व्यवस्था गरिने र यसले ऊर्जा बजारमा प्रतिस्पर्धा बढाउने उनले बताए । उनले उत्पादनसँगै विद्युत व्यापार र प्रसारण लाइनमा निजी क्षेत्रलाई सहभागी गराउन सरकारले मार्ग प्रशस्त गरिसकेको जानकारी दिए । ऊर्जा क्षेत्रको बृहत्तर विकासका निम्ति निजी क्षेत्रसँग साझेदारी गरी अगाडि वढ्न प्रतिवद्ध रहेको उनको भनाइ छ ।
Read full story at source (annapurnapost.com)