सीइओ बने लगत्तै इलन मस्कले ट्वीटरमा नीलो टिकमार्कको पैसा तोके, मासिक ८ डलर तिर्नुपर्ने
bizmandu.com · Wed Nov 02 03:25:58 GMT 2022
अन्ततः ट्वीटरमा नीलो रंगको टिक मार्क पाउनेले मासिक पैसा तिर्नुपर्ने भएको छ।
ट्वीटरका सीइओ इलन मस्कले यस्तो जानकारी दिएका हुन्। उनले ट्वीट गर्दै नीलो टिकमार्क हुनेहरुले मासिक आठ डलर तिर्नुपर्ने जानकारी दिएका हुन्।
विश्वभरका बिभिन्न देशका मानिसहरुको क्रयशक्तिलाई ध्यानमा राख्दै मासिक आठ डलर तोकिएको पनि उनले बताए।
उनका अनुसार ट्वीटरलाई अझै सहज बनाउने र प्रयोगकर्ताले धेरै किसिमका सुविधाहरु पाउनेछन्। मासिक पैसा भुक्तानीबाट ट्वीटरको आम्दानी बढ्ने हुँदा कन्टेन्ट बनाउनेहरुलाई पनि फाइदा पुग्ने उनले बताएका छन्।
Read full story at source (bizmandu.com)