पाकिस्तानविरुद्ध लर्डसमा इंग्ल्यान्डको पुनरागमन
kendrabindu.com · Fri Aug 28 00:50:27 GMT 2026
काठमाडौं । कमजोर सुरुआतलाई ओझेलमा पार्दै इंग्ल्यान्डले पाकिस्तानविरुद्धको दोस्रो टेस्टको पहिलो दिन बिहीबार लर्डसमा नौ विकेट गुमाएर २ सय ४८ रन बनाएको छ । इंग्ल्यान्डको पुनरागमन रच्नका लागि जेमी स्मिथ र जोर्डन कक्सले अर्धशतक बनाए ।
भेट्रान पेसम्यान मोहम्मद अब्बासले १६ बलमा चार रन मात्र खर्चेर तीन विकेट लिएपछि इंग्ल्यान्डले एक समय ३६ रनमा तीन विकेट गुमाएको थियो । त्यसयता स्मिथले ६१ र कक्सले ५५ रन बनाए । यससँगै इंग्ल्यान्ड खेलमा फर्किन सफल रह्यो ।
Read full story at source (kendrabindu.com)