आज जनैपूर्णिमा : जनै तथा रक्षासूत्र धारण गरेर मनाइँदै
aarthiknews.com

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आज जनैपूर्णिमा पर्व मनाउँदैछन्। श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा बिहानैदेखि नदी, ताल, तलाउ तथा कुण्डमा स्नान गरी नयाँ जनै (यज्ञोपवीत) धारण गर्ने तथा गुरु–पुरोहितबाट रक्षासूत्र बाँध्ने परम्परा छ।
जनैपूर्णिमाका अवसरमा तागाधारी समुदायले विधिपूर्वक मन्त्रिएको नयाँ यज्ञोपवीत धारण गर्छन्। गुरु–पुरोहितले मन्त्र उच्चारण गरी यजमानको दाहिने नाडीमा रक्षासूत्र बाँधिदिने प्रचलन छ। धार्मिक मान्यताअनुसार मन्त्रिएको रक्षासूत्रले नकारात्मक तत्वबाट सुरक्षा प्रदान गर्छ।
Read full story at source (aarthiknews.com)