'ग्रीन आर्मी' भन्दै बाढी प्रभावित क्षेत्रमा पुगे युवाहरू, सरकारसँग समन्वय नै नभएको खुलेपछि उठ्यो प्रश्न
barnanmedia.com · Fri Sep 04 08:47:30 GMT 2026

नेपालमा भोटेकोशी बाढीपछि उद्धार तथा राहतका लागि विभिन्न स्वयंसेवी समूह प्रभावित क्षेत्रमा पुगिरहेका बेला रसुवा र नुवाकोटमा ‘ग्रीन आर्मी’ नामको समूहको उपस्थिति देखिएपछि यसको आधिकारिकतामाथि प्रश्न उठेको छ।
बाढी प्रभावित क्षेत्रमा सैन्य पोसाकजस्तै देखिने चुस्ता लगाएर पुगेको उक्त समूहका सदस्यहरूले आफूहरू ‘ग्रीन आर्मी’ भएको बताएका छन्। सामाजिक सञ्जाल ‘एक्स’मा सार्वजनिक गरिएको एउटा भिडियोमा स्थानीयले समेत आश्चर्य व्यक्त गर्दै भनेका छन्, ‘नेपाल आर्मी भन्ने थाहा थियो, यहाँ त ग्रीन आर्मी पनि रहेछ।’
Read full story at source (barnanmedia.com)