भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमण : यस्तो छ दुई दिने कार्यक्रम तालिका
ratopati.com · Wed Jan 03 17:20:00 GMT 2024
काठमाडौँ । भारतीय विदेश मन्त्री एस.जयशंकर बिहीबारदेखि नेपाल भ्रमणमा आउँदैछन् । परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन विदेशमन्त्री जयशंकर बिहीबार बिहान १० बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।
काठमाडौँ अवतरण गरेलगत्तै विदेशमन्त्री जयशंकर ११ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास जानेछन् । त्यहाँबाट फर्केपछि मध्यान्ह १२ बजे प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेटघाट गर्ने छन् ।
Read full story at source (ratopati.com)