नेपाल लाइफ इन्स्योरेन्स एनपीएसमा आबद्ध
abhiyandaily.com
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नेशनल पेमेन्ट स्वीच (एनपीएस)मा आबद्ध भएको छ । आफ्नो भुक्तानीसम्बन्धी कारोबार नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को भुक्तानी प्रणालीमार्फत गर्ने व्यवस्थाका लागि कम्पनी एनपीएसमा आबद्ध भएको हो । त्यसका लागि कम्पनीले एनसीएचएलसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार नेपाल लाइफको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई)सँग जोडेर एनपीएस अन्तर्गतका विभिन्न भुक्तानी उपकरण प्रयोग गर्न सकिनेछ । यसमार्फत नेपाल लाइफले बीमालेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानीलगायत आफ्ना कारोबार गर्न सक्ने बताइएको छ । त्यस्तै कम्पनीका विभिन्न खाताको पूँजी व्यवस्थापन गर्ने प्रक्रिया पनि थप व्यवस्थित हुने कम्पनीको विश्वास छ ।
Read full story at source (abhiyandaily.com)