दीपशिखा धितोपत्र कारोबार कम्पनीले गर्यो बाढी पीडितका लागि १५ लाख सहयोग
ratopati.com · Fri Sep 04 09:12:31 GMT 2026

काठमाडौँ । दीपशिखा धितोपत्र कारोबार कम्पनीले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। कम्पनीले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग गरेको कम्पनीका सञ्चालक विष्णु ओझाले जानकारी दिए।
बाढी प्रभावितहरूको खोजतलास, उद्धार तथा राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरिएको ओझाले बताए।
Read full story at source (ratopati.com)