नवलपुरस्थित नारायणी नदीबाट ६२ वटा शव सङ्कलन
ratopati.com · Thu Aug 27 07:18:50 GMT 2026

काठमाडौँ । नवलपुरस्थित नारायणी नदी किनारमा भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएका ६२ वटा शव फेला परेका छन् । अहिलेसम्म २६ पुरुष, १६ महिला, बालक ३, बालिका ७ र लिङ्ग नखुलेको ९ वटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।
सङ्कलन गरिएका शवलाई अहिले पालिकास्तरका अस्पतालमा राखिएको र पोखरा पठाउने तयारी भइरहेको उनले बताए । फेला परेका कुनै पनि शवको पहिचान खुल्न सकेको छैन ।
Read full story at source (ratopati.com)