सगरमाथा सफल आरोही सुधिज्ञ पन्त र साईत शर्मा सम्मानित
news24nepal.tv · Fri Jun 12 10:23:12 GMT 2026

काठमाडौँ । ६ जेठ २०८३ का दिन विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) सफलतापूर्वक आरोहण गरी राष्ट्रको गौरव अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउनु भएकोमा सुधिज्ञ पन्त र साईत शर्मालाई आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडद्वारा आयोजित विशेष समारोहमा सम्मान गरिएको छ । यही जेठ २५ गते सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि संस्थाका अध्यक्ष सुशीलकुमार अर्यालज्यूको विशिष्ट आतित्यथामा, संस्थाका कर्मचारी, सामाजिक अगुवा, व्यवसायी, परिवारजन तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा आरोहीलाई सम्मानपत्र, दोसल्ला तथा मायाको चिनो प्रदान गर्दै उहाँको साहस, समर्पण, दृढ इच्छाशक्ति, अनुशासन र चुनौतीपूर्ण परिस्थितिमा समेत लक्ष्यप्रति अडिग रहने क्षमताको उच्च प्रशंसा गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिले सगरमाथा आरोहण केवल व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण राष्ट्रको गौरव र पहिचानसँग जोडिएको विषय भएको उल्लेख गर्नुभयो । उहाँले यस्ता सफलताले नेपाली युवापुस्तामा आत्मविश्वास, देशप्रेम र उच्च लक्ष्य हासिल गर्ने प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । सम्मानित आरोही सुधिज्ञ पन्त र साईत शर्माले आफ्नो आरोहण यात्राका अनुभवहरू साझा गर्दै हिमाल आरोहणका क्रममा भोग्नुपरेका चुनौती, जोखिम तथा सफलताका क्षणहरूको चर्चा गर्नुभयो । उहाँले आफ्नो सफलतामा परिवार, सहयोगी संस्था, साथीभाइ तथा सम्पूर्ण नेपालीहरूको शुभेच्छा र समर्थनको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
Read full story at source (news24nepal.tv)