रसुवा बाढीमा बाजुराका ११ जना सम्पर्कविहीन, २ जना सुरक्षित
kendrabindu.com · Thu Aug 27 07:15:11 GMT 2026

बाजुरा । रसुवाको टिमुरेस्थित भोटेकोशी नदीमा आएको बाढीका कारण रोजगारी तथा व्यापारका लागि त्यहाँ पुगेका बाजुराका ११ जना स्थानीय सम्पर्कविहीन भएका छन्। जिल्लाका तीनवटा गाउँपालिकाका नागरिकहरू बाढी आएदेखि आफन्तको सम्पर्कमा नआएका हुन्।
सम्पर्कविहीन हुनेहरूमा हिमाली गाउँपालिका-६ का १९ वर्षीय दीपक रोकाया, ५० वर्षीय विष्णुमती रोकाया, ३५ वर्षीय आराम नेपाली, ३२ वर्षीय मोहनलाल रोकाया र ३५ वर्षीय विक्रम भण्डारी रहेका छन्। त्यस्तै स्वामीकार्तिक खापर गाउँपालिकाका मनऋषि सञ्ज्याल, मनकला सञ्ज्याल, सुस्मिता जोशी, विरेन्द्र जैशी र सत्यादेवी जैशी तथा व्यापारका लागि रसुवा पुगेका जगन्नाथ गाउँपालिका-६ का मुकेश दमाई पनि हालसम्म सम्पर्कमा आएका छैनन्।
Read full story at source (kendrabindu.com)