युरोपलाई रूसी तेल र ग्यास जरूरीः क्रेमलिन
kendrabindu.com · Fri Jun 05 01:47:11 GMT 2026

काठमाडौं । उर्जा सङ्कटबाट यूरोप बच्नका लागि यूरोपमा रूसी तेल आपूर्ति अनिवार्य रहेको रूसी प्रशासनिक केन्द्र क्रेमलिनले दावी गरेको छ। क्रेमलिनका अर्थविद् किरिल दिमित्रिभले बिहीबार एएफपीसँग भने, “मध्यपूर्वमा युद्धका कारण उत्पन्न ऊर्जा सङ्कटको प्रभाव यूरोपमा पनि परेको र यसको समाधानका लागि युरोपलाई रूसी तेल र ग्यासको प्रवाह गर्नु हुनेछ ।”
युक्रेनमा युद्ध सुरु भएदेखि नै पश्चिमी राष्ट्रहरू (यूरोपेली मुलुकहरू) ले रुसी ऊर्जाको विकल्पमा इन्धनको व्यवस्थापन गर्ने बाटो अवलम्बन गर्दै रूसमाथि आर्थिक प्रतिबन्धको घोषणा गरेका थिए । युरोपेली देशहरूले प्रतिवन्धको घोषणाबीच पनि रूसी ग्यास (विशेष गरी खाना पकाउने ग्यास) खरीदलाई भने अघोषित रूपमा निरन्तरता दिँदै आएका छन् ।
Read full story at source (kendrabindu.com)