हिमतालको अध्ययन र जोखिम मूल्याङ्कन गर्नुपर्नेमा जोड
gorkhapatraonline.com · Fri Sep 04 10:06:22 GMT 2026

चीनसँगको सीमावर्ती क्षेत्रमा रहेका हिमतालको अध्ययन तथा जोखिम मूल्याङ्कन गर्न आवश्यक रहेको औँल्याइएको छ । उत्तरी क्षेत्र मिक्वाखोला, फक्ताङ्लुङ र सिरीजङ्घा गाउँपालिकामा धेरै हिमताल रहेको र उक्त तालको अध्ययन अनुसन्धान गर्न आवश्यक रहेको बैठकले निष्कर्ष निकालेको हो ।
जिल्ला विपद व्यवस्थापन समिति ताप्लेजुङको बैठकले उक्त यस्तो निष्कर्ष निकाल्दै आवश्यक व्यवस्थापन गर्न राष्ट्रिय विपद जोखिम न्युनिकरण व्यवस्थापन प्राधिकरणसँग पहल गर्ने सहितका निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालको अध्यक्षतामा बसेको बैठकले विस्तृत अध्ययन अनुसन्धान गरी आवश्यक व्यवस्थापनका लागि प्राधिकरणसहित कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अनुरोध गर्ने निर्णय भएको हो ।
Read full story at source (gorkhapatraonline.com)