एनआरएनए एनसीसी यूएईद्वारा बाढीपीडितका लागि ११ लाख ३५ हजार सहयोग
annapurnapost.com · Fri Sep 04 10:03:28 GMT 2026

साउदी अरब : भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत र सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् यूएईले ११ लाख ३५ हजार २४९ रुपैयाँ सहयोग गरेको छ।
नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईले नेपाली समुदायबाट संकलन गरेको उक्त रकम बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिव भवानीप्रसाद तिमल्सिना र मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठमार्फत हस्तान्तरण गरिएको हो। संकलित रकम एनआरएनए केन्द्रीय खातामा जम्मा गरिने जनाइएको छ।
Read full story at source (annapurnapost.com)