जलवायु न्यायका लागि कूटनीतिक परिपक्वता आवश्यक
baahrakhari.com · Fri Sep 04 10:07:40 GMT 2026

भोटेकोसी बाढी अर्थात् ‘हिमाली सुनामी’मा भएको क्षतिका लागि विश्वका प्रमुख हरितगृह ग्यास उत्सर्जकलाई दोषी मान्दै नेपाल सरकारले ‘लस एन्ड ड्यामेज फन्ड’बाट क्षतिपूर्तिको माग गरेको छ । लस एन्ड ड्यामेज फन्ड जलवायु परिवर्तनका कारण भएको क्षति र नोक्सानीका लागि विशेष आर्थिक सहायता उपलब्ध गराउने अन्तर्राष्ट्रिय कोष हो ।
यसभन्दा पहिले सञ्चार माध्यमलाई परराष्ट्रमन्त्री शिशिर खनालले ‘हिमाली सुनामी’का कारण तापक्रम वृद्धि भएको भन्दै विपद्पछिको सहयोग विश्वका प्रमुख हरितगृह ग्यास उत्सर्जक अमेरिका, चीन र भारतको ‘नैतिक जिम्मेवारी’ भएको दाबी गरिसकेका छन् । विडम्बना, विश्व तापक्रम वृद्धिको चर्को मूल्य चुकाउने नेपालको तापक्रम वृद्धिमा भूमिका भने लगभग शून्य छ ।
Read full story at source (baahrakhari.com)