उत्तरी गोरखाको ताजुमा १२ दिन खच्चड तथा पैदल यात्रु आवागमन बन्द
gorkhapatraonline.com · Fri Sep 04 10:13:19 GMT 2026

उत्तरी गोरखाको मनास्लु पदमार्ग अन्तर्गत चुमनुब्री गाउँपालिका–६ ताजु क्षेत्रमा चुमभ्यालीमा स्तरोन्नतिको काम भइरहेकाले १२ दिनको लागि खच्चड तथा पैदल यात्रुको आवतजावत बन्द गरिएको छ ।
ताजु क्षेत्रको सुधार अन्तर्गत स्तरोन्नति तथा ढलान कार्य सञ्चालन गरिएकाले भदौ १९ गते देखि ३० गतेसम्म उक्त मार्गमा खच्चड ओहोर दोहोरमा रोक लगाइएको हो ।
Read full story at source (gorkhapatraonline.com)