बेलीब्रिज र फरेन्सिक टोलीसहित चीनको तेस्रो खेप सहयोग
rajdhanidaily.com · Fri Sep 04 10:21:38 GMT 2026

काठमाडौं । चीनले रसुवा भोटेकोशी बाढीपीडितको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि पठाएको तेस्रो खेप सहयोग काठमाडौं आइपुगेको छ । चिनियाँ जनमुक्ति सेना (पीएलए)को वाई–२० ए जहाजले राहत सामग्रीहरु बिहीबार काठमाडौंमा ल्याएको हो । राहत सामग्री नेपालका लागि चीनियाँ राजदूत चाङ माओमिङले विज्ञान तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई विमानस्थलमै हस्तान्तरण गरे ।
चीनियाँ जनमुक्ति सेनाको ट्रान्सपोर्ट एयरक्राफ्टमार्फत आएको तेस्रो खेप सामग्रीसँगै चीनले पठाएका १० जना फरेन्सिक विज्ञहरु पनि आइपुगेका छन् । विज्ञ टोलीको चौथो ब्याचका रुपमा उनीहरुले विपद उद्धारकै क्रमसंग जोडिएको शव पहिचानमा सहयोग गर्नेछन् ।
Read full story at source (rajdhanidaily.com)