विभिन्न अस्पतालमा घाइतेको उपचार
gorkhapatraonline.com · Fri Aug 28 01:03:17 GMT 2026

भोटेकोशी नदीमा आएको बाढीमा परी घाइते भएकाहरूको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते राष्ट्रिय ट्रमा सेन्टर, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर, नर्भिक र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले घाइतेको अवस्था र आवश्यकताका आधारमा विभिन्न अस्पतालमा उपचारको व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेको उपचार तथा स्वास्थ्य सेवा व्यवस्थापनका लागि सम्बन्धित अस्पतालसँग निरन्तर समन्वय भइरहेको छ ।
Read full story at source (gorkhapatraonline.com)