बाढीमा बगेर बचेका कुमाल भन्छन्- आँपको रूख नभएको भए म बाच्दैन थिएँ
lokaantar.com

रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान जोगाउन सफल एक २४ वर्षीय मजदुरको मार्मिक कथा बाहिर आएको छ। रसुवाको तल्लो तटीय क्षेत्र विदुरमा नयाँ बन्दै गरेको घर बाहिर शौचालयको खाल्डो खनिरहेका मजदुर विवेक कुमाल बुधबार अचानक आएको बाढीमा परेका थिए।
घटनाको दिन स्मरण गर्दै काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरको बेडमा कुमालले भने, 'मैले एउटा सुइँसुइँ आवाज सुनें। खाल्डोभन्दा माथि उभिएका मेरा चार जना सहकर्मीले मलाई बाहिर निस्किएर भाग्न कराए,' उनले भने, 'म खाल्डोबाट बाहिर निस्किएर भाग्न थालेँ, ठीक त्यही बेला भूकम्प आएजस्तो गरी गर्जिएर पानीको ठूलो छाल तलतिर बग्न थाल्यो।'
Read full story at source (lokaantar.com)