‘काला हिरण’को फर्स्ट लुकले सलमानको बाटो अदालत तिर
kalakarmi.com · Fri Jun 12 11:31:40 GMT 2026

मुम्बई- सलमान खानसँग जोडिएको सन् १९९८ को चर्चित कालो हरिण शिकार प्रकरण र ग्याङस्टर लरेन्स बिश्नोईसँगको विवादलाई आधार बनाएर निर्माण गरिएको विवादास्पद फिल्म ‘काला हिरण-द ब्याटल फर लेगेसी’को पहिलो झलक सार्वजनिक भएको छ ।
२ मिनेट ३२ सेकेन्ड लामो फर्स्ट लुकमा कलाकारहरूको परिचय गराइएको छ । फिल्ममा सलमान खानबाट प्रेरित पात्र ‘अयान खान’को भूमिका काशिफ इकबाल खानले निर्वाह गरेका छन् । टिजरको सुरुआत अदालतको दृश्यबाट हुन्छ, जहाँ घटनाका आरोपी अयान खान कटघरामा उभिएको देखिन्छ । उनको लुक, चर्चित ब्रेसलेट, चालढाल र शारीरिक हाउभाउ सलमान खानसँग मिल्ने गरी प्रस्तुत गरिएको छ । बहसका क्रममा वकिलले सन् १९९८ अक्टोबर २ को रात अयान खानले दुई वटा कालो हरिणको शिकार गरेको आरोप लगाउँछन् ।
Read full story at source (kalakarmi.com)