एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ
ratopati.com · Fri Jul 03 21:27:01 GMT 2026

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी मानिसलाई विभिन्न प्रलोभन देखाई ठगी गर्ने र सो रकमलाई अभौतिक मुद्रामा साटेर अवैध कारोबार गरेको आरोपमा भक्तपुर मध्यपुर थिमी–५ का २५ वर्षीय मुकेश प्रजापतिलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।
Read full story at source (ratopati.com)