निजी क्षेत्रको लगानी आकर्षित नगरेसम्म विकास सम्भव छैन: सांसद गजुरेल
gorkhapatraonline.com · Fri Jun 12 11:53:18 GMT 2026

। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले निजी क्षेत्रको लगानी आकर्षित नगरेसम्म आम नागरिकको विकासको माग पूरा गर्न कठिन हुने बताउनुभएको छ । संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले देशको वर्तमान बजेट संरचना र विकासका चुनौतीबारे यस्तो धारणा राख्नुभएको हो ।
सांसद गजुरेलले हालको बजेट संरचनामा चालु खर्च करिब ६० प्रतिशत, वित्तीय व्यवस्थापन २० प्रतिशत र पुँजीगत खर्च २० प्रतिशत मात्र रहेको उल्लेख गर्दै विकासका लागि विनियोजित ४ खर्ब ३१ अर्ब रुपैयाँ पर्याप्त नभएको बताउनुभयो । निजी लगानीलाई प्रोत्साहन गर्न प्रतिनिधि सभाबाट वैकल्पिक वित्तीय कोषसम्बन्धी कानुन पारित भइसकेको जानकारी दिँदै उहाँले ऊर्जा क्षेत्रमा निजी क्षेत्रमैत्री वातावरण बनेकाले यसलाई ऊर्जाका लागि 'स्वर्ण युग'को संज्ञा दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)