अटो रिक्सा दुर्घटनामा ३ वर्षीय बालकको ज्यान गयो
annapurnapost.com · Fri Sep 04 11:15:50 GMT 2026

कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका–२ बालापुर मिलनचोकमा भएको सवारी दुर्घटनामा ३ वर्षीय बालकको मृत्यु भएको छ। शुक्रबार बिहान भित्री सडकखण्डमा बाटो काट्ने क्रममा स्थानीय तिर्सना सेन ठकुरीका ३ वर्षीय छोरा शिवम सेन ठकुरीलाई लु. प्र.०१–००१ ह १३७८ नम्बरको अटोले ठक्कर दिएको थियो।
दुर्घटनामा टाउको र अनुहारमा चोट लागेका शिवमलाई तत्काल चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल पठाइएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
Read full story at source (annapurnapost.com)