अमेरिकाले क्युबामाथि लगायो नयाँ प्रतिबन्ध
baahrakhari.com · Fri Sep 04 11:16:45 GMT 2026

काठमाडौं । अमेरिकी सरकारले क्युबामाथि नयाँ प्रतिबन्धहरू लगाएको छ । अनेकौँ समस्याहरूसँग जुधिरहेको क्युबाको अर्थतन्त्रमा थप दबाब बढाउने प्रयासस्वरूप अमेरिकाले बिहीबार नयाँ प्रतिबन्धहरू लागु गरेको बताइएको छ ।
अमेरिकाका तर्फबाट प्रतिबन्ध लगाइएका व्यक्तिहरू र कम्पनीहरूमा क्युबाका पूर्वराष्ट्रपति राउल कास्त्रोका नाति फिदेल अर्नेस्टो कास्त्रो र क्युबाको तेल उद्योग आपूर्ति तथा आयात कम्पनी ‘अबापेट’ समेत समावेश रहेको एपी ले जनाएको छ ।
Read full story at source (baahrakhari.com)