कर्णालीमा कर्मचारी अभावको गुनासो
makalukhabar.com · Fri Jun 12 12:13:34 GMT 2026

काँक्रेविहार । कर्णाली प्रदेश सरकार मातहतमा २८ प्रतिशत कर्मचारी अपुग देखिएको छ । कर्णालीका स्थानीय तहमा एक हजार ३६३ कर्मचारीको दरबन्दी रिक्त छ ।
गत चैत १९ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृत नहुँदासम्म आयोगमा पदपूर्तिका लागि कुनै पनि विवरण नपठाउने निर्णय गरेको थियो । सोहीअनुसार स्थानीय तहहरूले कर्मचारी माग आकृति फाराम नपठाउँदा खुलातर्फको विज्ञापन शून्य भएको हो । ओएनएमको काम अझै नसकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मीकुमार विकले बताए ।
Read full story at source (makalukhabar.com)