फकल्यान्डमा बेलायतको अडान अडिग
ratopati.com · Fri Sep 04 11:26:37 GMT 2026

काठमाडाैँ । अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलेले फकल्यान्ड टापुमाथि आफ्नो देशको दाबी दोहोर्याएपछि बेलायतले टापुप्रतिको आफ्नो प्रतिबद्धता ‘पूर्ण र अडिग’ रहेको बताएको छ।
बेलायतका रक्षामन्त्री वेस स्ट्रिटिङले फकल्यान्डका बासिन्दाले आफूलाई बेलायती मान्ने भएकाले उनीहरू बेलायती भएको बताउँदै माइलेले उठाउनुभएको विषयलाई घरेलु राजनीतिबाट प्रेरित भएको टिप्पणी गरे। माइलेले भने फकल्यान्डमाथि अर्जेन्टिनाको दाबीलाई समर्थन गर्ने ‘परिवर्तनको हावा’ चलिरहेको बताएका थिए।
Read full story at source (ratopati.com)