अर्घा दरबारमा ऐतिहासिक 'लाखे नाँच'
annapurnapost.com · Fri Sep 04 11:22:14 GMT 2026

अर्घाखाँची : अर्घाखाँचीको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थल अर्घा दरबार तथा अर्घा भगवति मन्दिरमा ऐतिहासिक लाखे नाच प्रदर्शन गरिएको छ।
श्रीकृष्ण जन्माष्टमीको दिन परापुर्व कालदेखिनै अर्घा दरवार तथा अर्घा भगवती मन्दिरमा पञ्चेबाजाको तालमा छमछमी लाखे नाच नाच्ने परम्परा रहि आएको छ। बाइसे चौविसे राज्य अन्तर्गत पर्ने अर्घा मन्दिरमा जन्माष्टमीको दिन बिहान भगवान श्रीकृष्णको पूजाआजा र काल भैरवको पूजा गरी काल भैरव समानकै लाखे नाच नाच्ने अर्घा मन्दिरको परम्परा रहेको अर्घा मन्दिर तथा दरबार संरक्षण समितिका अध्यक्ष सरोज भुसालले बताए।
Read full story at source (annapurnapost.com)