‘अस्पताल आए ज्यान जान सक्छ’ भन्दै मेयरबाट धम्की आएको भन्दै चिकित्सकले दिए निवेदन
swasthyakhabar.com · Fri Jun 26 11:34:42 GMT 2026

धनगढी - लम्कीचुहा प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा एमडीजीपी विशेषज्ञ डा. कमलेश प्रसाद यादवले लम्कीचुहा नगरपालिकाकी नगरप्रमुख सुशिला शाहीबाट ज्यान मार्ने धम्की र अभद्र व्यवहार भएको आरोप लगाउँदै आफूलाई सुरक्षित वातावरणमा काम गर्न पाउने व्यवस्था मिलाइदिन नेपाल मेडिकल एसोसिएसन धनगढी शाखासँग आग्रह गरेका छन्।
नेपाल मेडिकल एसोसिएसन धनगढी शाखाका अध्यक्षलाई सम्बोधन गर्दै डा. यादवले दिएको निवेदनमा नगरप्रमुख शाहीले लामो समयदेखि अस्पतालमा नआउन भन्दै थर्काउने, अस्पताल आए ज्यानको क्षति हुन सक्ने भन्दै धम्क्याउने तथा असभ्य शैलीमा गालीगलौज गर्ने गरेको उल्लेख गरेका छन्।
Read full story at source (swasthyakhabar.com)