विपद्मा बाल संरक्षणलाई प्राथमिकता दिन आग्रह
ratopati.com · Fri Sep 04 11:48:40 GMT 2026

काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएकाको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकार र सम्बन्धित निकायसँग आग्रह गरेको छ।
अभियानका अध्यक्ष तिलोत्तम पौडेल र महासचिव राजु घिमिरेद्वारा प्रेस विज्ञप्तिमा बाढीबाट प्रभावित परिवार तथा समुदायको अवस्था अझै पीडादायी र चुनौतीपूर्ण रहेकाले प्रभावित सबै स्थानमा राहत तथा मानवीय सहायता समान रूपमा पुर्याउन आग्रह गरिएको छ ।
Read full story at source (ratopati.com)