गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान
baahrakhari.com · Tue May 19 17:13:35 GMT 2026

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि सुरु हुने भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा मगलबार अधिवेशन आह्वान गरेका प्रदेशसभा सचिवालयले जनाएको छ ।
यही जेठ ११ गते सोमबार दिउँसो २ बजेदेखि प्रदेशसभा भवन पोखरामा अधिवेशन आरम्भ हुने सचिवालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । बजेट अधिवेशनमा प्रदेश सरकारको आगामी आव २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत हुने जनाइएको छ । रासस
Read full story at source (baahrakhari.com)