फकल्यान्डमा बेलायतको अडान कायमै
khabarhub.com · Fri Sep 04 11:41:24 GMT 2026

लण्डन- अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलेले फकल्यान्ड टापुमाथि आफ्नो देशको दाबी दोहोर्याएपछि बेलायतले टापुप्रतिको आफ्नो प्रतिबद्धता ‘पूर्ण र अडिग’ रहेको बताएको छ । बेलायतका रक्षामन्त्री वेस स्ट्रिटिङले फकल्यान्डका बासिन्दाले आफूलाई बेलायती मान्ने भएकाले उनीहरू बेलायती भएको बताउँदै माइलेले उठाएको विषयलाई घरेलु राजनीतिबाट प्रेरित भएको टिप्पणी गरे ।
माइलेले भने फकल्यान्डमाथि अर्जेन्टिनाको दाबीलाई समर्थन गर्ने ‘परिवर्तनको हावा’ चलिरहेको बताएका थिए । सन् १९८२ मा फकल्यान्डलाई लिएर बेलायत र अर्जेन्टिनाबीच १० हप्तासम्म युद्ध भएको थियो ।
Read full story at source (khabarhub.com)