गुठी संस्थानले अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने
ratopati.com · Fri Sep 04 12:02:35 GMT 2026

जनकपुरधाम । गुठी संस्थानले जनकपुरधाम उपमहानगरपालिकाभित्र गुठीअन्तर्गत रहेका विभिन्न पोखरी तथा पोखरीका डिल अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने तयारी गरेको छ । गुठी संस्थान जनकपुरधामले आज सार्वजनिक सूचना जारी गर्दै गुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिलमा विभिन्न व्यक्ति तथा संस्थाले अनधिकृत रूपमा संरचना निर्माण गरी भोगचलन गरिरहेका संरचना हटाउन निर्देशन दिएको हो ।
पहिलो चरणमा सातवटा पोखरीको अतिक्रमण हटाएको गुठी संस्थानले दोस्रो चरणमा थप १५ वटा पोखरीको अतिक्रमित जग्गा खाली गराउने तयारी गरिएको गुठी संस्थान जनकपुरधामका प्रमुुख राजन कौशीले जानकारी दिए । उनका अनुसार दोस्रो चरणमा देवान पोखरी (चन्द्रकूप), मध्यमा सर, रुक्मिणी सर, विडाल सर (विराही), गेन्ही पोखरी, ठाडी पोखरी, लवकी पोखरी (रजौल), कपालमोचनी सर, पुरन्दर सर, लवकी पोखरी (जिरोमाइलभन्दा उत्तरपूर्व), लक्ष्मण सर (बलराम सर), पापमोचनी सर, अग्निकुण्ड, सीताकुण्ड र विहारकुण्डलगायत पोखरी तथा तिनका डिलको अतिक्रमण हटाउने तयारी गरिएको छ ।
Read full story at source (ratopati.com)