फकल्यान्डमा बेलायतको अडान अडिग
gorkhapatraonline.com · Fri Sep 04 12:01:36 GMT 2026

अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलेले फकल्यान्ड टापुमाथि आफ्नो देशको दाबी दोहोर्याएपछि बेलायतले टापुप्रतिको आफ्नो प्रतिबद्धता ‘पूर्ण र अडिग’रहेको बताएको छ । बेलायतका रक्षामन्त्री वेस स्ट्रिटिङले फकल्यान्डका बासिन्दाले आफूलाई बेलायती मान्ने भएकाले उनीहरू बेलायती भएको बताउँदै माइलेले उठाउनुभएको विषयलाई घरेलु राजनीतिबाट प्रेरित भएको टिप्पणी गर्नुभयो ।
माइलेले भने फकल्यान्डमाथि अर्जेन्टिनाको दाबीलाई समर्थन गर्ने ‘परिवर्तनको हावा’ चलिरहेको बताउनुभएको थियो । सन् १९८२ मा फकल्यान्डलाई लिएर बेलायत र अर्जेन्टिनाबिच १० हप्तासम्म युद्ध भएको थियो । अर्जेन्टिनाले फकल्यान्डलाई ‘लास माल्भिनास’ भन्दै आफ्नो भूभाग दाबी गर्दै आएको छ ।
Read full story at source (gorkhapatraonline.com)