बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर
barnanmedia.com · Fri Sep 04 11:55:49 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले कयौँ पशुचौपाया बगाएर नारायणी नदी किनारमापुर्याएको छ । बाढीले बगाएर ल्याएका मृत पशु नारायणी नदी किनारमा छरपस्ट भएपछि भरतपुर महानगरपालिकाले तिनको व्यवस्थापन थालेको हो ।
महानगरका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक कृष्णहरि ढकालका अनुसार भदौ १५ गतेदेखि नारायणी नदीमा भेटिएका मृत पशुको व्यवस्थापनका लागि विशेष अभियान सञ्चालन गरिएको हो । दैनिक जेसिबी र ट्याक्टरसहित महानगर प्रहरीको टोली यो कार्यमा खटिँदै आएको उनले बताए । उनले “धेरै मात्रामा भैँसी र गाई भेटिएका छन् । त्यसका साथै सुँगुर र बङ्गुुर पनि भेटिएका छन् । नदी किनारका बस्तीमा दुर्गन्ध फैलिन थालेकाले व्यवस्थापन गर्न आवश्यक देखेपछि काम थालेका हौँ ।”
Read full story at source (barnanmedia.com)