‘जीवन रक्षा पहिलो प्राथमिकता’
gorkhapatraonline.com · Fri Aug 28 01:14:20 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहले नुवाकोटको बाढी प्रभावित क्षेत्रको स्थलगत भ्रमण गर्नुभएको छ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नुवाकोटको तटीय क्षेत्रमा ठुलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाह स्थलगत निरीक्षणका लागि सडकमार्ग हुँदै बिहीबार नुवाकोटको विदुर पुग्नुभएको हो ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटको विदुर र नदीतटीय क्षेत्रहरूमा भएको ठुलो क्षति र खोज–उद्धार कार्यको अनुगमन गर्न प्रधानमन्त्री शाह र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसहित बिहीबार सडकमार्ग हुँदै त्यहाँ पुग्नुभएको हो । त्यहाँ प्रधानमन्त्री शाह, पूर्वाधार विकासमन्त्री लम्साल र सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलगायतले प्रभावित क्षेत्रको स्थलगत भ्रमण गर्नुभएको थियो । बिहान ९:३० बजे नुवाकोट प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाहले सडकमार्ग हुँदै प्रभावित बस्तीको भौतिक अवस्था तथा बाढीबाट भएको क्षतिको अवलोकन गर्नुभएको थियो ।
Read full story at source (gorkhapatraonline.com)