बाढी प्रभावित क्षेत्रको स्थलगत अध्ययन गर्न निर्माण व्यवसायी महासङ्घको टोली त्रिशूलीमा
ratopati.com · Fri Sep 04 12:16:20 GMT 2026

नुवाकोट। नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलस पाण्डेको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष रामजी पन्त, उपाध्यक्ष बालकृष्ण थापा तथा जिल्ला निर्माण व्यवसायी संघ, नुवाकोटका पदाधिकारीसहितको संयुक्त टोली शुक्रबार रसुवा–भोटेकोसी बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा अध्ययनका लागि आज नुवाकोटको त्रिशूली पुगेको छ।
टोलीसँगै प्राविधिक विशेषज्ञहरू समेत सहभागी छन्। टोलीले बाढी तथा पहिरोबाट प्रभावित तथा क्षतिग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरी सडक, पुल, जलविद्युत्, खानेपानीलगायतका पूर्वाधारको वर्तमान अवस्थाबारे जानकारी लिनेछ।
Read full story at source (ratopati.com)